• २०८१ बैशाख १९ बुधबार

नोलनका प्रशंसकहरुको लागि यस वर्षको सबैभन्दा भव्य सौगात 'टेनेट'

kharibot

काठमाडौँ । वार्नर ब्रदर्सको मार्केटिंग टिमले बजारमा बितरण गरेको हलिवुड चलचित्र टेनेटका निर्देशक क्रिस्टोफर नोलनका प्रशंसक एशियाली मुलुकमा ठुलो मात्रामा छन् ।

मार्वेल सिनेम्याटिक युनिभर्सको फ्यान बेसको ठुलो संख्यामा रहेका छन्, त्यसैले पनि यस धरातल पछिल्लो एक-दुई दशकमा तयार भएको हो ।

पछिल्लो सताब्दीको अन्तिम दशकमा वा त्यसको दुई तीन वर्ष पहिला जन्मिएका बालबालिका(अहिलेको युवा पिंढी) को लागि क्रिस्टोफर नोलनको दर्जा यस्तो चलचित्र निर्देशकमा रहेको छ जसलाई प्राप्त गर्न विश्वको प्राय निर्देशक अहिले सम्म संघर्ष गर्दै छन् ।

निर्देशक नोलनको नयाँ चलचित्र 'टेनेट' रिलिज भएको छ । चलचित्र हेर्नको लागि वैधानिक चेतावनीको रुपमा दर्शकहरुलाई नोलानको चलचित्र भनेर हेर्नुपर्दछ ।

'टेनेट' समय अवधिको कथा हो । भविष्यमा हुने विनाशलाई वर्तमानमा यस्तो प्रकारले देखाइएको छ कि पुरै भाग मिलाएर हेर्दा पृथ्वीको अक्षको भविष्यको खेल भन्न सकिन्छ ।

एउटा बेनाम जासूसको पात्र जो यस काममा लागेको हुन्छ, कसरी भविष्य, वर्तमान र बितेको समयमा चलिरहेको यस भयानक योजनालाई रोक्न सकिनेछ र विश्वलाई वर्वाद हुनबाट बचाउन सकिनेछ ।

यस पात्रको साथमा थुप्रै साथी पनि रहेका हुन्छन् । यो टेनेटको आफ्नो नेटवर्क हो । जुन विश्वको हरेक कुनामा फैलिएको हुन्छ । चलचित्रमा विश्वको मामिला थोरै सामन्य स्तर भन्दा माथिको देखाइएको छ ।

यदि दर्शकलाई रूसको सेन्टर स्क्वायरको विशेषताको बारेमा थाहा छ र पेलिन्ड्रोम के हो भन्ने थाहा छ भने 'टेनेट' चलचित्र बुझ्न सजिलो हुनेछ ।

वार्नर ब्रदर्सको समस्या भनेको नै उनीहरु चलचित्रलाई उत्कृष्ट बनाउने प्रयासमा हुने गर्दछन् तर लक्षित दर्शक वर्ग सम्म यसलाई पुराउनको लागि संचार र संवादको माध्यम उनको टिमले सहि चयन गर्दैन ।

फिल्म ‘टेनेट’ कुनै एक कलाकारको चलचित्र होइन । यसमा हरेक कलाकार अर्को भन्दा उत्कृष्ट हुने प्रयासमा हुन्छ ।

फुटबलरबाट अभिनेता बनेका जोन डेभिड वाशिंगटनको डीएनएमा कलाकारिता छ । उनको पात्रको चंचलता, चतुर र गम्भीरता उनीबाट अपेक्षित अभिनयका गुण हुन् जसमा उनी खरो उत्रिन सफल भएका छन् ।

उनलाई सबै भन्दा राम्रो साथ मिलेको छ, नायक रबर्ट प्याटिसन जसले चलचित्रको ग्राफ नै परिवर्तन गरिदिन्छन् भने दुष्टात्माको खतरा अनुहार बनेका छन् केनेथ ब्रनाघ ।  उनको अभिनयले फिल्मको समयको गति बुझ्न एक नयाँ आयाम दिएको छ ।

क्रिस्टोफर नोलनको सिनेमा एक छुट्टै संसारको सिनेमा हो । जसमा सिनेमाको बुझाइ र परिवर्तनशील विश्वको बारेमा बुझ्न सक्ने हुनुपर्दछ । यस चलचित्र हेर्दा फ्रेस दिमागको साथमा हेर्नुपर्दछ र त्यसलाई लगातार एक्टिभ मोडमा राख्नुपर्दछ । 

फिल्म टेनेटको ट्रेलर : 

 

यदि तपाईले क्रिस्टोफर नोलनको  'इन्टरस्टेलर', 'इन्सेप्शन' वा 'मेमेन्टो' जस्तो चलचित्र हेर्नुभएको छ भने थाहा हुन्छ कि दिमागलाई एक्टिभ मोडमा राखेर चलचित्र हार्नुको रमाइलो अनुभव कस्तो हुन्छ भनेर । 

यो मनोरन्जनको यस्तो अनुभव हो जसलाई केवल अनुभव गर्न सकिन्छ र भन्न तथा लेख्न सकिँदैन । त्यसैले चलचित्र टेनेटका पात्रले भनेका छन् , 'डन्ट ट्राइ टु अन्डरस्ट्याण्ड इट, फिल इट ।'

सन् २०२० को बिदाइमा सबैभन्दा उत्कृष्ट चलचित्र 'टेनेट' हो ।  'टेनेट' को विशेषता यसको कलाकारको अभिनयको साथमा चलचित्रको प्राविधिक टिम हो । 

नोलनको चलचित्रमा हांस जिमरको संगीत सुन्ने बानी परेका दर्शकको लागि सरप्राइज पनि छ, यस पटक लूडविग योरान्नसनको फिल्मको कथाको हिसाबमा राम्रो कडी जोडिएको छ ।

साथै समयको गतिको अगाडी र पछाडी, तल माथि हुने रमाइलो अनुभव हुन्छ, होइत वान होयेतमाको  सिनेम्याटोग्राफी, जेनिफर लेमको एडीटिंगले सिनेमाको एक नयाँ प्यारामिटर सेट गरेको छ । फिल्म 'टेनेट' सिनेमाका विद्यार्थीको लागि एउटा पाठको रुपमा रहेको छ र दर्शकहरुको लागि रमाइलो अनुभव हुनेछ र जसले अहिले चलचित्र बुझेका छैनन्, उनीहरुको बालबालिकाले यस चलचित्रलाई मन पराउनेछन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै