• २०८१ बैशाख १७ सोमबार

अर्जुन रामपाललाई ड्रग्स प्रकरणमा एनसीबीले फेरी बोलायो

kharibot

काठमाडौँ । बलिवुडमा ड्रग्स प्रकरणमा भारतीय नारकोटिक्स नियन्त्रण ब्यूरो (एनसीबी) को जाँच जारी छ । यसैबीच बलिवुड अभिनेता अर्जुन रामपाललाई एनसीबीले पुन: उपस्थित हुन नोटिस दिएको छ ।

एजेन्सीले उनलाई १६ डिसेम्बरमा सोधपुछको लागि बोलाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यसअघि पनि एनसीबीले अर्जुन रामपाल र उनकी प्रेमिका गैब्रिएला डेमेट्रिएड्ससँग सोधपुछ गरेको थियो । एजेन्सीले नोभेम्बर महिनामा उनको घरमा छापा मरेको थियो ।

उनको घरबाट ल्यापटप, मोबाइल फोन र ट्याबलेट जस्तो उपकरणलाई जफत गरिएको थियो त्यसपछि एनसीबीको कार्यालय बोलाइएको थियो । 

रेडको क्रममा अर्जुनको घरबाट कुनै ड्रग्स नभेटिएपनि थुप्रै यस्तो औषधि मिलेको थियो जुन एनडीपीएसको अनुसार प्रतिबन्धित छ ।

बलीवुड ड्रग्स कनेक्शन मामिलामा एनसीबीले अहिलेसम्म थुप्रै बलिवुड कलाकार संग सोधपुछ गरेको थियो तर अर्जुन रामपालको नाम ड्रग्स कनेक्शन तब अगाडी आयो जब उनकी गर्लफ्रेन्ड गैब्रिएलाका भाईलाई एनसीबीले पक्राउ गरेको थियो ।

सोहि क्रममा सोधपुछ पछि अर्जुन रामपालले भनेका थिए, 'ड्रग्ससंग मेरो कुनै सम्बन्ध छैन । मेरो घरबाट केहि औषधि भेटिएको थियो जसको प्रेसक्रिप्सन मैले एनसीबीलाई दिइसके । म जाँचको लागि पुरै तारिकाले तयार छु । एनसीबीले निकै राम्रो काम गरिरहेको छ ।'

यसै वर्ष नोभेम्बर २१ मा एनसीबीले मुम्बईमा कमेडियन भारती सिंहको घरमा छापा मारेको थियो । उनको घरबाट गाँजा बरामद भएको थियो ।

पछि सोधपुछमा भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचिया दुवैले गाँजा सेवन गरेको स्वीकार गरेका थिए ।

दुवैलाई पक्राउ गरिएको थियो र उनीहरुलाई मुम्बईको स्पेशल एनडीपीएस अदालतबाट जमानत मिलेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय