• २०८१ बैशाख १६ आइतबार

पारस खड्का बने टिम अबु धाबीको इमर्जिंग ट्यालेन्ट मेन्टर

kharibot

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का टी-१० लिगमा टिम अबु धाबीका लागि यस सिजनमा इमर्जिंग ट्यालेन्ट मेन्टरको रुपमा जोडिएका छन् ।

अबु धाबीले पारसलाई इमर्जिंग ट्यालेन्ट मेन्टरको रुपमा नियुक्त गरेको जानकारी दिएको छ ।

यस अघिको सिजनमा पारस टिम अबु धाबीबाट खेलाडीको रुपमा खेलेका थिए ।

दुबईमा हुने टी-१० लिगको यस सिजनको खेल जनवरी २८ देखि फेब्रुअरी ६, २०२१ सम्म हुने छ । यस अघि नोभेम्बर १९ देखि २८ सम्म हुने भनिएको भएपनि कोरोना महामारीका लागि स्थगित भएको थियो ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै