काठमाडौ । मेगा बैकले आव २०७३ २०७४ को चौंथौ त्रैमासिक अवधिमा ७९ करोड १४ लाख १३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैैकले ५५ करोड १० लाख ४४ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुंजी चार अर्ब ५८ करोड २३ लाख १३ हजार रुपैयाँ रहेको बैकले २०७४ को असार मसान्तसम्म ३८ अर्ब ९३ करोड ६८ लाख ६५ हजार रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ५९ करोड ७८ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । खुद व्याज आम्दानी एक अर्ब ७२ करोड ३७ लाख १७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैकमा एक दसमलव ३६ प्रतिसत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा बैकले ३० अर्ब ७५ करोड ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ३५ करोड ८९ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।