• २०८१ बैशाख २४ सोमबार

प्रभु क्यापिटलको 'प्रभु दाई' अनलाइन सेवा सञ्चालनमा

kharibot

काठमाडौ । प्रभु क्यापिटल लिमिटेडले प्रभु दाई नामक अनलाईन सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले आफना ग्राहकहरुलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्नको लागि 'प्रभु दाई' अनलाइन सेवा शुरु गरेको हो ।

सो सेवामा क्यापिटलको लगानी व्यवस्थापन सेवा, अनलाईन डिम्याट खाता सम्बन्धी सेवा, क्यापिटलको प्रोडक्ट तथा सेवाहरु सम्बन्धी जानकारी, क्यापिटलबाट जारी हुने सुचनाको जानकारी ग्राहकहरुले सहजरुपमा पाउनुका साथै लागि क्यापिटल मार्केटस सम्बन्धी अन्य सम्पूर्ण सूचनाहरु प्रदान गर्नेछ । 

साथै प्रभु क्यापिटल लिमिटेडले ग्राहकहरुको सेवाको लागि सदैव तत्पर रही सूचना प्रविधिमैत्री बनाई ग्राहकहरुको सेवा समयमा नैं प्रदान गर्न समेत प्रतिवद्ध रहेको जानकारी दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै