• २०८१ बैशाख १९ बुधबार

पुनःनिर्माण प्राधिकरणका सबइञ्जिनीयर विरुद्ध घुस लिएको आरोप

kharibot

फाइल तस्वीर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपछिको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत सेवाग्राहीसँग अतिरिक्त रकम मागेको अभियोगमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सबइञ्जिनीयर सुरेन्द्र अधिकारी विरुद्ध आरोपपत्र दायर गरेको छ । 

आयोगले तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) अन्तर्गत कार्यरत सब–इञ्जिनीयर अधिकारीले निकासा दिलाइदिएवापत रु एक लाख ५० हजार अतिरिक्त रकम लिएको आरोप लगाएको छ ।

सेवाग्राहीसँग अतिरिक्त रकम मागेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले निजलाई अतिरिक्त रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो । निज सव–इञ्जिनीयर अधिकारीले विद्यालयको शौचालय निर्माण सम्पन्न भएपश्चात अन्तिम किस्ता निकासा गरी दिएवापत सेवाग्राहीसँग घुस लिएको आयोगले आरोप लगाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै