• २०८१ बैशाख २३ आइतबार

इन्फ्रास्ट्रक्चर बैंकको आइपियो बाँडफाँड, करिब ५ लाखले पाए ६० कित्ता सेयर

kharibot

प्रतिनिधि तस्वीर

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड भएको छ ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटको कार्यलयमा शुक्रबार बिहान १० बजे शेयर बाँडफाँड भएको हो । आइपिओमा आवेदनकर्ताले न्युनतम १० देखि बढीमा ६० कित्त्ता सम्म पाएका छन् । 

बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटका अनुसार ५० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै पाएका छन् ।

आबेदन गर्ने सबैलाई ५० कित्तासम्म बाँडफाँड गरीएको छ भने  बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरकाले बाँडफाँड भएको छ ।

त्यस अनुसार आवेदनकर्ताले अधिकतम ६० कित्तासम्म सेयर पाएका छन् ।

आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८० वटा आवेदन सदर भएका छन् भने ६ हजार २७६ वटा आवेदन रद्ध भएको बिक्री प्रबन्धक एनआईविएलले जनाएको छ ।

बैंकले माघ २ गते देखि ६ गते सम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण सेयर निष्काशनमा ल्याएको थियो ।

त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँट पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्ने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै