• २०८१ बैशाख १५ शनिबार

युवा लेखिका पालिखेद्वारा लिखित 'द लभ वि वान्ट’ उपन्यास विमोचित

kharibot

गण्डकी । युवा लेखक एमिलिया सुप्रिया पालिखेद्वारा लिखित उपन्यास ‘द लभ वि वान्ट’ को  पोखरामा विमोचन गरिएको छ । साहित्यकार रमेश श्रेष्ठ, पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष विश्वशङ्कर पालिखेलगायतले अङ्ग्रेजी भाषामा लिखित सो उपन्यासको संयुक्त विमोचन गरेका हुन् ।

कार्यक्रममा प्राज्ञ श्रेष्ठले पोखरामा नयाँ पुस्ताको साहित्यकार जन्म भएको जनाउँदै एउटा पे्रमिल साहित्यको अध्यायको शुरुआत भएको बताए । रेडियो अन्नपूर्ण ९३.४ का प्रबन्ध निर्देशक सुनयना पालिखेले उपन्यास किशोर वयका लागि पठनीय सामग्री हुने विश्वास व्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, आदर्श नेपाल राष्ट्रिय दैनिकका सम्पादक विनोद लामिछानेलगायतले कृति र कृतिकारको चर्चा गरेका थिए । शनिबार आयोजित कार्यक्रममा उपन्यासकार पालिखेले उपन्यासमा किशोरकिशोरी उमेरमा पलाउने इच्छा, चाहना, मायालगायतलाई समेट्ने प्रयास गरिएको बताए ।

विद्यालयदेखि नै आफ्नो लेखनप्रति आफ्नो रुचि रहेको उल्लेख गर्दै उनले कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीलाई अर्थपूर्ण रुपमा सदुपयोग गर्न आफूले उपन्यासको रचना गरेको अनुभव सुनाए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै