• २०८१ बैशाख २३ आइतबार

नेपाल इन्फ्रास्ट्रक्चर बैकको सेयर सूचीकरण

kharibot

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच प्रति शेयर अंकित तथा चुक्ता मुल्य एक सय रुपैयाँ कायम भएको २० करोड कित्ता शेयर सूचिकरण गर्ने सम्झौता भएको छ ।

बिहिबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत आठ करोड कित्ता शेयर सर्वसाधारण, कर्मचारीहरु र सामुहिक लगानी कोषका लागि विक्री खुल्ला आब्हान गरेको र बैंकका संस्थापकहरुले लगानी गरेको १२ करोड कित्ता शेयर समेत गरी जम्मा २० करोड कित्ता शेयर वितरण भई नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण भएको छ । 

शेयर सूचीकरण सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेकाछन् ।

नेपाल स्टक एक्सचेञ्ज र नेपाल इन्फ्रास्ट्रक्चर बैंक बीच सम्झौता भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेञ्जमा बैंकको धितोपत्र एनआईएफआरए को कोडबाट दोस्रो बजारमा कारोबार शुरु हुनेछ । बैंकले शेयर सूचीकरण पश्चातदिनुपर्ने शेयर रजिष्ट्रार (आरटिएस) सेवाको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंलाई नियुक्त गरिसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय