• २०८१ बैशाख २३ आइतबार

नेपाल इन्फ्रास्ट्रक्चर बैकको नेप्सेमा पहिलो कारोबार कतिमा भयो ?

kharibot

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नेपाल स्टक एक्सचेञ्जमा पहिलो कारोबार भएको छ ।

स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार बैंकको प्रतिकित्ता ३४० रुपैयाँमा १० कित्ता शेयर खरिदबिक्री भएको हो । बैंकको शेयर माघ ३० गते नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको थियो ।

पहिलो कारोबारको लागि नेप्सेले ११३ रुपैयाँ ६२ पैसादेखि ३४० रुपैयाँ ८६ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो ।

बैंकको शेयर एनआईएफआरए स्टक टिकरमा कारोबार भएको हो ।

यसअघि गत विहिबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच प्रति शेयर अंकित तथा चुक्ता मुल्य एक सय रुपैयाँ कायम भएको २० करोड कित्ता शेयर सूचिकरण गर्ने सम्झौता भएको थियो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत आठ करोड कित्ता शेयर सर्वसाधारण, कर्मचारीहरु र सामुहिक लगानी कोषका लागि विक्री खुल्ला आब्हान गरेको र बैंकका संस्थापकहरुले लगानी गरेको १२ करोड कित्ता शेयर समेत गरी जम्मा २० करोड कित्ता शेयर वितरण भई नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण भएको थियो । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै