विप्लव समूहका दुई नेता जेल चलान

खरीबोट
ad

गाईघाट, उदयपुर ।  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका दुई जिल्ला नेतालाई प्रहरीले मंगलबार पुर्पक्षको लागि प्रहरी हिरासतबाट जिल्ला कारागार शाखा उदयपुर बोक्सेमा जेल चलान गरेको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सो पार्टीका जिल्ला सेक्रेटरी बाबुराम सुवेदी र अर्का सदस्य बलबहादुर मगरलाई ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ सम्बन्धित मुद्दामा जेल चलान गरिएको हो । 

सुवेदी र मगरलाई मंसिर २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको समय अगाडि निर्वाचन भाँड्न विस्फोटक पदार्थ प्रयोग गरेर जिल्लाका विभिन्न स्थानमा बम विस्फोट गरेको आरोप छ । 

यस्तै, मंसिर १६ गते उदयपुरगढीको दनुवारबेँसीमा नेपाली काँग्रेसबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका नारायणबहादुर कार्की र उहाँका सल्लाहकार मीरा कटुवालसहितको टोलीको गाडीलाई लक्षित गरेर एम्बुस विस्फोट गराएर ज्यान मार्ने उद्योग गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेर हिरासतमा राखेर मुद्दा चलाइएको प्रहरील बताएको छ । 

अब उनीहरुलाई अदालतमा मुद्दा चलिसकेका कारण पुर्पक्षका लागि जेल चलान गरिएको उदयपुरको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए । 

सम्बन्धित समाचार

विप्लवसहितका द्वन्द्वरत र असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान

काठमाडौं। सरकारद्वारा गठित राजनीतिक वार्ता टोलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका द्वन्द्वरत र असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गरेको छ ।  वार्ता टोलीले असन्तुष्ट र द्वन्द्वरत पक्षलाई वार्तामा आउन

विप्लवसहितका विद्रोही समुहसँग वार्ताको तयारीमा सरकार

पाल्पा। सरकारको उच्चस्तरीय वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले विप्लव नेतृत्वको नेकपासहितका सबै बिद्रोही समुहसँग वार्ताका लागि पहल भइरहेको बताएका छन् ।   उनले विप्लव समुहलाई वार्ताबाट समाधानमा आउन आग्रह भएको र

उमा भुजेल जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा

बनेपा। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य उमा भुजेललाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धुलिखेलको हिरासतमा राखिएको छ ।  जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार

विप्लवसहित सात शिर्ष नेताहरुविरुद्ध मुद्दा दायर, पक्राउ पुर्जी जारी 

कालिकोट।  जिल्ला प्रहरी कार्यालय कालिकोटले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका सात शिर्ष नेताविरुद्ध मुद्दा चलाएको छ ।  उनीहरुविरुद्ध संगठित अपराध तथा विस्फोटक पदार्थ ऐन अन्तरगत मुद्दा दर्ता गरिएको