• २०८१ बैशाख १७ सोमबार

नर्वेमा कसरी औषधि बिनानै गरिन्छ मानसिक रोगको उपचार ?

kharibot

काठमाडौँ । मानसिक रोगी मानिसहरुलाई प्राय: निकै कडा र धेरै डोजको औषधि दिएर उपचार गरिन्छ जसले उनीहरुको दिमागमा भ्रम र कल्पना अनियन्त्रित हुने नकारात्मक प्रभाव पर्द्छ । नर्वेमा अहिले नयाँ पद्दतिले औषधि प्रयोग नगरी मानसिक रोगको उपचार हुन थालेको छ ।

२१ वर्षको हुँदा मलिनलाई मानसिक रुपमा केहि गडबड भएको संकेत देखिन थालेको थियो । किशोरावस्थामा उनी गम्भीर डिप्रेसनमा गइन् र उनको आत्मविश्वास कम हुँदै गयो । उनको मस्तिष्कमा भित्र भित्र एउटा आवाज गुन्जिन थाल्यो जसले, आफु मोटी भएको र काम नलाग्ने भएको अनुमान गर्न थाल्यो, उनको दिमागमा सधैं मर्ने सोच आउने गर्दथ्यो ।

मलिनले आफ्नो गाउँ छोडेर उत्तरी नर्वेमा जोर्ड्स स्थित विश्वविद्यालयमा भर्ना भइन् तर उनी पूर्ण मानसिक रुपमा टुटीसकेको कारण उनी खाटबाट उठ्न सकिनन् । उनको परिवारले उद्दार गरेर, मानसिक उपचार अस्पतालमा भर्ना गरिदिए तर उनलाई एन्टी-साइकोटिक औषधिले खराब असर पर्दै गयो ।

उनलाई एक वर्षमा त्यहाँ राखियो , त्यो उनको एकमात्र उपचार सम्भव थियो । उनी भन्छिन्, “मलाई कडा औषधि दिइएको हुन्थ्यो जसको कारण सबै धमिलो देखिन्थियो म चुप लागेर बस्ने गर्दथे र मेरो जीवन यतिकै बितिरहेको जस्तो लाग्दथ्यो ।”
तर औषधिले पनि केहि ठिक भएको थिएन ।

अवस्था निकै नाजुक भइसकेको थियो, मलाई ठिक हुन मन थियो तर मानिसहरुले अब मेरो जीवन यहि हुने बताउने गर्दथे , जीवन देखि दिक्क भइसकेको थिए ।”

मलिनको मानसिक उपचारको अनुभव सामान्य थिएन ।

मानिसहरुले औषधि-उपचार पछि मानसिक सन्तुलन ठिक हुने बताएका थिए तर एक अनुसन्धानको अनुसार केवल २० प्रतिशत मानिस सामान्यरुपमा जीवन बिताउन असफल हुनेगर्दछन् । यसको साइड इफेक्टमा मोटोपन, तौलमा वृद्धि, कोलस्ट्रोल बढ्नु तथा मधुमेह हो ।

नर्वेमा उच्च डोजको औषधि जबर्जस्ती दिइने गरिन्छ । संयुक राष्ट्रसंघले नर्वेमा हुने गरेको कठिन उपचार र जबर्जस्ती आइसोलेसन परिवर्तन हुनुपर्ने बताउदै आएको छ । मलिन जस्तै मेट एलिंग्सडालेन लाई पनि १३ वर्षको कडा औषधि उपचार गरिएको थियो ।

उनलाई गम्भीर डिप्रेसन भएको थियो जसको कारण उनलाई बाइपोलार डिसअर्डर भयो र आफ्नो रेखदेख गर्न नसक्ने भएकी थिइन् । अस्पतालमा अन्य बिरामीलाई जस्तो उनलाई जबर्जस्ती इन्जेक्सन लगाइएको थिएन तर यदि हुने घरमा औषधि खान मानेको भए उनलाई अस्पतालमा भर्ना गरिने थिएन ।

उनी पाँच वर्षसम्म औषधि नखाई बाच्न सकिनन् तर सन् २००५ मा उनले औषधि बिना पनि उपचार सम्भव भएको भन्दै नयाँ अभियान चलाउन थालिन् ।

अहिले उनी बिरामीहरुको स्याहार गर्ने समुहको प्रमुख छिन् । उनी भन्छिन्, “यस जबर्जस्तीको उपचार पद्दतिमा मानिसलाई पनि उपचारको विकल्प दिनुपर्दछ ।”

सन् २०१६ मा स्वास्थ्यमन्त्री बेन्त होइले मानसिक रुपमा बिरामी भएका मानिसलाई औषधि बिना हुने उपचारको विकल्प रोज्नसक्ने अनुमति दिए ।

नर्वे विश्वको पहिलो राष्ट्र हो जसले मानसिक स्वास्थ्य प्राणालीमा औषधिबिना उपचार गर्ने अनुमति दियो । 

नर्वेको उत्तरी आर्कटिक स्थित ट्रोमसोमा रहेको विश्वविद्यालयका मानसिक स्वास्थ्य र सब्सटेन्स अब्युजका निर्देशक डा माग्नस हाल्डले वर्षौं सम्म औषधि र वैकल्पिक उपचारको बारेमा अनुसन्धान गरेका छन् ।

उनले औषधि मुक्त उपचारमा थुप्रै संभावनाहरुको प्रयास गर्ने विकल्पको शुरुवात गरे । ट्रोमसोमा अहिले उनी औषधिमा फसेका बिरामीहरुलाई औषधिबिहिन उपचारमा समय दिन्छन् र थप स्याहार गर्दछन् । ३४ वर्षीय मलिन ट्रोमसोमा थुप्रै हप्ता र महिना बिताइन् । यो सहज छैन र उनी एक्लै बस्छिन् र उनलाई थोरै मात्र मानसिक स्वास्थ्यमा सहयोग प्राप्त छ ।

उनले आफ्नो दिमागमा सुन्ने आवाज अझै नरोकिएको  बताउछिन् । मलिनले आफुलाई शान्त बनाउन राति मात्र औषधि खाने गर्दछिन् ।  उनले थेरापी गर्ने प्रयास गरिन् तर उनलाई आर्ट(कला) को माध्यमबाट उपचार सम्भव भयो ।

उनी भन्छिन्, “म मेरो भावनालाई लक्षणहरु कम गर्ने प्रयास गर्दछु तर मस्तिष्क भित्रको आवाजलाई कसरी बन्द गर्ने भन्ने प्रश्न रहेको छ ।”

नर्वेमा औषधि बिना नै उपचार गरिने पद्दति विवादमा परेको छ । कतिपय बिरामीहरुलाई एन्टी-साइकोटिक्स निकै महत्वपूर्ण हुन्छ ।

विश्लेषकहरुको अनुसार १९६० र १९७० को दशकमा एउटा उदहारणको रुपमा यस औषधि प्रयोग नगरी हुने पद्दतिलाई पयोग गरिएको थियो ।

जहाँ उनीहरुलाई बाल्यकालको स्मरण गराइन्छ जसलाई एन्टी साइकोटरी उपचार भनिन्छ ।

औषधिको सबै भन्दा ठुलो साइड इफेक्ट भनेको हेलोसिनेसन हो जुन निकै कडा हुने गर्दछ र त्यसको दुई वर्ष सम्म प्रयोग पछि कम डोजको प्रयोग गरिन्छ ।

माग्नस हाल्ड यस उपचार पद्दतिसंग सहमत छैनन् ।

उनले ट्रोम्सोमा रहेका बिरामीको ट्रयाक रेकर्ड गर्ने गर्दछन् र अहिले सम्म उनको उपचार केन्द्रमा कुनै पनि मानसिक बिरामीले आत्महत्या गरेका छैनन् तर यसको राम्रो अनुसन्धान र पर्याप्त प्रमाण छैन ।

उनी भन्छन्, “मानसिक बिरामीलाई औषधि प्रयोग गरेर प्रमाणको आधारमा गरिने उपचारमा पनि यस्तो लक्ष्य हुनुपर्छ ।” मानसिक रोगको पहिचान र त्यसको विभाजन प्रणाली एउटा औपचारिक प्रक्रिया हो तर प्राय रोगको उपचार उस्तै हुन्छ ।

जस्तै स्किजोफ्रेनियाका बिरामीको मस्तिष्कमा कुनै खाराबी भएको देखिदैन तर जब उनिहरुसंग कुराकानी गर्दा , मानसिक खराबी रहेको थाहा हुन्छ ।

उनको सिटि स्क्यान वा एमआरआइ गर्दा यस रोग पत्ता लाग्दैन । जसले गर्दा औषधि रहित उपचारको कार्यक्रम विश्वभरी प्रख्यात हुँदै गएको छ । तर निकै गम्भीर तथा खराब अवस्थाका बिरामीलाई यस पद्दति प्रभावकारी हुँदैन ।

अनुसन्धानको अनुसार, मानिसहरुलाई मानसिक रोगको उपचारको अभावले सडकमा जीवन बिताइरहेको अवस्थामा भेटिएको पत्ता लागेको छ ।

कारोब ३० प्रतिशत मानिसहरु मानसिक सन्तुलन गुमाईसकेपछि अपराध गर्ने र आफ्नो परिवारका सदस्य तथा आफन्तमाथि हिंसा गर्ने गर्दछन् । जसको कारण सामुहिक हत्याको घटना बढ्दो छ । सन् २०१९ मा एक मानसिक अवस्था ठिक नभएको मानिसले बन्चरोले एक वृद्द मानिसको हत्या गरको थियो यस समाचार नर्वेको सबै संचार माध्यमको हेडलाइनमा थियो ।

उक्त हत्यारा कुनै औषधि बिना हुने उपचारमा थिएन र उसले अस्पतालमा औषधि खाएर उपचार गर्न अस्वीकार गरको थियो । साथै अवैध औषधि प्रयोग गर्दै थियो ।

क्रोसियामा हजारौं मानसिक सन्तुलन ठिक नरहेका बिरामीहरुलाई संस्थामा राखिने गरिन्छ ।

योरोपेली मुलुकहरुमा वर्षौं देखि यस्ता बिरामीहरुलाई आवासीय क्षेत्रबाट टाढा समुदायमा राखिदै आएको छ । तर क्रोसियाले आफ्नो नियम परिवर्तन नगर्ने बताउदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै