काठमाडौँ । पाकिस्तानमा जारी रहेको पाकिस्तान सुपर लिग (पीएसएल) टी-२० प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ ।
विभिन्न फ्रेन्चाइजीका सात खेलाडी र स्टाफहरुलाई कोरोना संक्रमण भएपछि पाकिस्तान क्रिकेट बोर्डले जारी पीएसएल स्थगित गरेको हो ।
फेब्रुअरी २० बाट शुरु भएको लिगमा अहिले लिग चरणका खेलहरु भइरहेका थिए । लिगका खेलहरु आधा मात्र खेलेको बेला नै कोरोनाका कारण लिग नै स्थगित गरेको छ ।
बोर्डले खेलको नयाँ मिति पछि सार्बजनिक गर्ने जनाएको छ ।
बोर्डले टिमका मालिकहरुसँगको सल्लाहपछि हाललाई स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।
पीएसएल खेल्न कराची पुगेका नेपाली खेलाडी सन्दीप लामिछानेको टिम लाहोर कलान्दर्सले आज खेल्ने भनिएको खेलपनि लिग स्थगित भएसँगै स्थगित भएको छ ।
राशिद खानको ठाउमा सन्दीपलाई लाहोरले अनुबन्ध गरेपछि उनी कराची पुगेका थिए । सन्दीप आजको खेलका लागि उपलब्ध रहेका थिए ।