• २०८१ बैशाख २८ शुक्रबार

शंकर पोख्रेल र घनश्याम भुसालको सिंहदरबारमा भेटवार्ता

kharibot

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई नेताहरु लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल र स्थायी कमिटी सदस्य घनश्याम भुसालबीच भेटवार्ता भएको छ ।

राजनीतिक रुपमा विभाजित भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कानुनी रुपमा फुटतर्फ अग्रसर भइरहेका बेला दोस्रो तहका दुई नेताहरु पोख्रेल र भुसालबीचको विहिबार सिंहदरबारमा भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

नेकपालाई विभाजन हुन दिनु हुदैन भन्ने नेताहरु मध्येका पोख्रेल ओलीका विश्वास पात्र मानिन्छन् भने नेता भुसाल माधवकुमार नेपालका विश्वासपात्र मानिन्छन् ।

भेटमा दुवैले सहमति र एकताको नयाँ विन्दु खोज्ने प्रयास गरेको बताइएको छ । एकताको नयाँ विन्दुमा जान स्पष्ट खाका भने दुवै जनाले प्रस्तुत नगरेको बुझिएको छ । 

प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामालाई अनिवार्य शर्त बनाएको भएपनि अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले ओलीसँग अब एकता नहुने बताउदै आएका छन् । दोस्रो तहका सबै नेताले आफ्नो कित्ता स्पष्ट गरेपनि दुवै पक्षले अझै आधिकारिकता नपाएकाले अलमलमा भने रहेका छन् ।

भेटपछि मिडियालाई भने भुसालले नियमित भेटघाट भएको प्रतिक्रिया दिएका थिए ।          

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै