काठमाडौ ।महालक्ष्मी विकास बैंकले मातृभुमी साहित्य समाजसँग समन्वय गरी बार्षिकरुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारा डा. नबराज लम्साललाई सम्मानित गरेको छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारी ५१ हजार रुपैयाँ राशीको उक्त पुरस्कार रकम बराबरको चेकका साथै सम्मानपत्र डा.लम्साललाई हस्तान्तरण गरेका हुन ।
साहित्यकार डा. लम्सालले खण्ड काव्य, महाकाव्य लेखन र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा कवि तथा गजलकार उत्पादनमा पु¥याएको योगदानको कदर स्वरुप बैंकले उनलाई उक्त पुरस्कारबाट सम्मान गरेको जनाएको छ । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।