• २०८१ जेठ ४ शुक्रबार

छोरी बलात्कार गर्ने जेल चलान

kharibot

डोटी । छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको सजाय सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधिश विदुर काफ्लेको एकल इजलासले निज विकले बलात्कार गरेको ठहर्याएर सजाय सुनाएको हो ।

गत आसोजमा आफ्नै छोरी बलात्कार गरेको भन्ने विककी श्रीमतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । घरमा आमा नभएको समयमा उनले पटक–पटक छोरीलाई बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले निजलाई २५ वर्षे कैद सजाय सुनाएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै