• २०८१ बैशाख ३० आइतबार

सप्तरीको कृषि फार्ममा आगलागी हुँदा २० गाई जलेर मरे

kharibot

प्रतिनिधी तस्वीर

राजविराज । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका¬–५ स्थित कृषि फार्ममा आज भएको आगलागीमा परी  २० गाई जलेर मरेका छन् ।

गाउँपालिका अन्तर्गगत कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

सो फार्ममा ६० मध्ये ती गाई जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ  । तीमध्ये १० गाई घाइते र ३० हराइरहेको फार्मका सञ्चालक मनोजकुमार साहले बताए । आगलागीले फार्मको घरसहित गाईलाई खुवाइने अन्नपात समेत जल्दा करीब रु ५० लाख बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ  ।

सो आगो निभाउने क्रममा फार्मका अर्का सञ्चालक दीनानाथ साह घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै