• २०८१ बैशाख २० बिहीबार

ट्रम्प आफ्नै सामाजिक संजाल खोल्ने तयारीमा !

kharibot

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजालमा कमब्याक गर्ने तयारी गरेका छन् ।

राष्ट्रपतीय कार्यकालको अन्तिम दिनहरुमा सामाजिक संजाल कम्पनिहरु फेसबुक, ट्वीटर, युट्युब, इन्स्टाग्राम, स्न्यापच्याटलगायतका प्लेटफर्महरुले प्रतिबन्ध लगाएपछि उनी सामाजिक संजालबाट टाढा रहेका छन् ।

ट्रम्पका सल्लाहकार जासन मिलरले ट्रम्पले सामाजिक संजालमा कमब्याक गर्ने तयारी गरेको बताउदै उनले आफ्नै नयाँ सामाजिक संजाल खोल्ने तयारी गरेको खुलासा गरेका छन् ।

फक्स टेलिभिजनसँग कुरा गर्दै मिलरले ट्रम्प सामाजिक संजाल निकै लोकप्रिय भएको भन्दै उनले दुई-तीन महिना भित्रै आफ्नै प्लेटफर्ममार्फत सामाजिक संजालमा कम ब्याक गर्ने तयारी गरेको बताएका छन् ।

अमेरिकी संसद भवनमा आक्रमण भएपछि विभिन्न सामाजिक संजालहरुले प्रतिबन्ध लगाएका थिए ।

ट्रम्पको ट्वीटरमा मात्र ८ करोड ८७ लाख फलोअर रहेका थिए ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै