• २०८१ बैशाख १९ बुधबार

स्मार्ट फोन बजारबाट बाहिरियो एलजी, पाँच वर्षमा ४.५ बिलियन डलर नोक्सानी

kharibot

फाइल तस्बीर

काठमाडौँ । दक्षिण कोरियाली कम्पनी एल जी स्मार्टफोन बजारबाट बाहिरिएको छ । यसभन्दा पहिला थुप्रै रिपोर्टमा यसको अनुमान गरिँदै आएको थियो र कम्पनीले अहिले आधिकारिक रूपमा यसको पुष्टि गरेको छ ।

करिब छ वर्ष देखि नोक्सानी झेल्दै आएको एलजीले अन्ततः स्मार्टफोन बजारबाट बिदा भएको छ । अब कम्पनी इलेक्ट्रिक ह्वील, स्मार्ट डिभाइस, आर्टिफिशियल इन्टेलिजेन्स र बिजनेस टु बिजनेसमा केन्द्रित हुने बताएको छ ।

पछिल्लो छ वर्ष देखि नोक्सानी भए पनि कम्पनीले सामसुङ, एप्पल र चिनियाँ कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको थियो तर अहिले कम्पनीले अन्तिम निर्णय लिएको छ । पछिल्लो केही वर्षमा कम्पनीले एल जी विंग,  डुअल स्क्रिन एलजी जी८एक्स थिन क्यु जस्तो प्रिमियम स्मार्टफोन पेश गरेको थियो ।

स्मार्टफोन बजारबाट बिदा हुनुको मतलब कम्पनीको फोन बजारमा बिक्ने छैन । स्टकमा फोन बिक्रि हुनेछ र ग्राहकलाई सेवा पनि मिल्नेछ । यस बाहेक कम्पनीले समय समयमा आफ्नो स्मार्ट फोन युजर्सको सफ्टवेयर पनि अपडेट दिनेछ । सन् २०२१ जुलाईबाट एलजीले आफ्नो मोबाइल बिजनेस बन्द गर्ने निर्णय गरेको छ ।

यसै वर्ष जनवरीमा एक रिपोर्ट सार्वजनिक भएको थियो, जसमा एलजी स्मार्टफोन बिजनेस बन्द गर्ने तयारी रहेको बताएको थियो ।

मोबाइल कारोबार बन्द भएपछि ६० प्रतिशत कर्मचारीले आफ्नो रोजगारी गुम्ने चिन्ता बढ्दै गएको बताएका छन् र अहिले उनीहरू अन्य बिजनेसमा सिफ्ट भएको एलजी ले बताएको छ ।

पछिल्लो पाँच वर्षमा एलजी लाई ४.५ बिलियन डलर नोक्सानी भयो र यो तथ्याङ्क आधिकारिक रहेको छ ।

स्मार्टफोन बजारमा बढ्दो प्रतिस्पर्धाको कारण एलजीले यस निर्णय लिएको हो ।

एल जी को घरेलु कम्पनी सामसुङ सँग प्रतिस्पर्धा र स्मार्टफोन बजारमा शाओमी, ओप्पो, भिभो र वन प्लस जस्तो कम्पनीको कब्जा रहेको छ । कम्पनीका सीइओले कुनै पनि कर्मचारीलाई कामबाट ननिकालिने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै