• २०८१ बैशाख २५ मंगलबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल 'क्यालिब्रेशन फ्लाइट' का लागि तयार

kharibot

बुटवल । रुपन्देहीको भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयार  भएको छ । क्यालिब्रेशन फ्लाइट भनेको बिमानस्थलमा बिमान उडान र अबतरण साथै अन्य कार्य निर्देशित गर्ने धावमार्ग, टावर लगायतका क्षेत्रमा जडान भएका उपकरणहरुले काम गरेका छन या छैनन भनेर परिक्षण गर्ने हो । यसका लागि जहाजनै ल्याएर उडान अवतरण गर्दै परिक्षण गर्नु पर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण आयोजना  आईसिबि टु का प्रमुख प्रबिण न्यौपानेले बताए । 

न्यौपानेका अनुसार बिमानस्थलको टावर, धावनमार्ग लगायतका क्षेत्रमा आबश्यक सबै बिद्युतिय उपकरणहरु जडान गर्ने काम सबै चैत्र दोश्रो हप्तामै सकिएको थियो । क्यालिब्रेशन फ्लाइटलका लागी आबश्यक तयारीमा जुटेका थियौ तर यही बिचमा कोरोना भाइरस संक्रमणको  जोखिम बढे संगै अहिले रोकिएको छ ।

'हामी अहिले पनि निरन्तर क्यालिब्रेशन फ्लाइटका लागि आबश्यक जाहाज र बिदेशी  प्राबिधिक कसरी ल्याउन सकिन्छ भन्ने तर्फ प्रयास गरीरहेका छौ,  अवस्था र अन्तर्राष्ट्रिय उडान सहज हुने बित्तिकै काम सुरु हुन्छ, अहिले पनि हामी क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा छौ, जतिबेला पनि क्यालिब्रेशन फ्लाइट गर्न सक्छौ, आबश्यकीय उपकरण सबै जडान भैसकेको छ,न्यौपानेले भने ।

उनका अनुसार ति उपकरणहरुले काम गरेको या नगरेको बिमानका पाईलटले टावर संग सम्पर्क गर्दा निर्देशनहरु राम्ररी सुनिएको  वा नसुनिएको  लगायतका कुरा क्यालिब्रेशन फ्लाइटबाट थाहा हुन्छ र बनाउनु पर्ने, सच्याउनु पर्ने समेत थाहा हुने भएकाले क्यालिब्रेशन फ्लाइट अनिबार्य छ । आईसिपी २ को निर्माण जिम्मेवारी पाएको थाईल्याण्डको एरोथाई कम्पनि हो । 

उता कोरोना भाईरस संक्रमणका बिच पनि स्वदेशी र बिदेशी गरी १२० कामदारले काम गरीरहेका छन् । उनीहरुलाई कार्यक्षेत्रमै रहने व्यबस्था गरी काम भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । बिमानस्थल क्षेत्रमा अहिले २० चिनिया, १८ भारतिय र ८० बढी नेपाली कामदार  एवं प्राबिधिकहरु कार्यरत छन् । अधिकारीका अनुसार अहिले टर्मिनल बिल्डिंगको प्रस्थान र आगमन कक्षको ईन्टेरियर, डेकोरेशन, फर्निसिंग, फर्स सिलिंग, एअर कन्डिशन जडान गर्ने, काम भैरहेको छ । त्यसै गरी गार्डेनिङ, ल्यान्डस्केप, पेन्टिङ, मार्किंगका काम भैसकेका छन् । 

एउटा एक्सरे मेशिन बाहेक बिदेशबाट आउनुपर्ने त्यस्तो कुनै महत्वपूर्ण उपकरणहरु छैनन्, उन्ले भने। धावनमार्गका लाईटस, कन्ट्रोल टावर, कन्भेएर बेल्ट मेशिन, ब्यागेज ह्यान्डलिंग सिष्टम, लगायतका सबै काम सकिएका छन् ।  अहिले कोरोना भाईरसका कारणले केहि असहज अबस्था देखिएको हो, डर पनि छ तर काम भैरहेको छ, सहज अवस्था हुने बित्तिकै कुनै पनि बेला ब्रेक थु्र हुनेछ, उनले भने । 

बिमानस्थल क्षेत्र भित्रका अन्य पुर्बाधार निर्माण कार्य, बिद्युतीकरण लगायतका सबै काम सकिएका छन् । फेन्सिंग(तारबार),काम सम्पन्न भएको छ भने पेरीफेरी रोड(ईनर) निर्माण भएको छ भने बाह्य सडक निर्माण भैरहेको छ । बाह्य सडक निर्माणमा अहिले कोरोनाका कारण जनशक्तीको समस्या परेको अधिकारीले बताए । 

२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नती गरी अन्तराष्ट्रिय विमानस्थलका रुपमा निर्माण गर्न चिनियाँ कम्पनीको नर्थ वेस्ट सिभिल एभियसन कम्पनिले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैया“मा ग्लोबल टेन्डरबाट आईसिबि जिरो वान प्रोजेक्ट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो । 

तत्कालिन प्रधानमन्त्री सुशील कोईरालाले सिलान्यास गरेको यो बिमानस्थल बिभिन्न कारणले समयमै सम्पन्न हुन नसके पछि बारम्बार निर्माण सम्पन्न गर्ने तिथी पछि धकेलिदै जादा अहिले यसै जुन मा सम्पन्न गर्नु पर्ने थियो तर अहिले फेरी कोरोना भाईरसका कारणले निर्माण सम्पन्न तोकिएको समयमा नहुने निश्चित छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै