• २०८१ बैशाख १५ शनिबार

मेरो प्राथना छ, राष्ट्रपतिको आलोचना गर्नेलाई कोरोना नलागोस्- परराष्ट्रमन्त्री ज्ञवाली

kharibot

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले कोरोनाविरुद्धको खोपबारे राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना भइरहेको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलबार बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकमी कुरा गर्दै प्रवक्ता ज्ञवालीले राष्ट्रपतिले खोपबारे लिएको सक्रियताप्रति टिप्पणी गलत टिप्पणी भएको बताउदै उनीहरुलाई कोरोना नलागोस् भनेर आफुले प्राथना गर्ने बताए ।

राष्ट्रपतिले आफ्नो हैसियितले काम गरिरहेको बताउदै उनले भने, “ती नेताहरु, जसले अत्यन्त छुद्र तरिकाले टिप्पणी गरिरहनुभएको छ, मेरो प्राथना छ– उहाँहरुलाई कहिल्यै कोरोना नलागोस् ।'

उनले आलोचना गर्ने ठाउँ नै नभएर राष्ट्रपतिको आलोचना गरेको बताउदै अहिले मान्छेको जीवनरक्षा ठूलो कुरा भएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै