• २०८१ बैशाख १६ आइतबार

मुख्यमन्त्री गुरुङले प्रदेश सभामा विश्वासको मत गुमाए

kharibot

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएका छन् ।

आज गण्डकी प्रदेश सभामा लिएको विश्वासको मतमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ मत परेको छ भने विपक्षमा ३० मत परेको छ ।

सभामुख बाहेक उपस्थित ५८ सांसद मध्ये एक सांसदले मतदानमा भाग लिएनन् ।    

६० सदस्यीय प्रदेश सभामा आजको मत बिभाजनमा ५७ सांसदले भाग लिएका थिए ।

बहुमत पुर्याउन ३१ सांसदको समर्थन चाहिने भएपनि ४ मत कम हुदा मुख्यमन्त्री गुरुङले विश्वास गुमाएका हुन् ।

प्रदेश सभामा एमालेका २७, नेपाली काँग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक) र जसपाका दुई तथा राष्ट्रिय जनमोर्चाका दुई सांसद छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै