• २०८१ बैशाख २० बिहीबार

नेपाल अस्ट्रेलियाविरुद्ध पहिलो हाफमा २-० ले पछाडी, रोहित चन्दलाई रातो कार्ड

kharibot

काठमाडौँ । नेपाल अस्ट्रेलियाविरुद्धको खेलको पहिलो हाफमा २-० गोल अन्तरले पछाडी परेको छ ।

कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा जारी खेलको पहिलो हाफमा अस्ट्रेलियाले खेलको छैटौ र ३८औ मिनेटमा एक एक गोल गरेको थियो ।

अस्ट्रेलियाका लागि म्याथ्यु लेकि र फरान काराकिकले गोल गरेका हुन् । 

नेपालका डिफेन्डर रोहित चन्दले खेलको ४४औ मिनेटमा रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सिमित भएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमले फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा समूह बी को अन्तिम खेलमा आज अस्ट्रेलियाको सामना गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै