• २०८१ बैशाख २१ शुक्रबार

बुटवल-पाल्पा सडक तीन दिनपछि खुल्यो

kharibot

बुटवल । पहिरो खसेर बन्द भएको बुटवल-पाल्पा सडक सञ्चालनमा आएको छ । गएको मङ्गलवारदेखि बन्द भएको सडक अहिले केहीबेर अघिदेखि सञ्चालनमा आएको हो । 

सिद्धार्थ राजमार्गमा पर्ने बुटवल-पाल्पा सडकको दर्जनौँ ठाउँमा पहिरो गएपछि बाटो बन्द भएको थियो । पहिरोले बाटो नै बगाएपछि सञ्चालनमा ल्याउन समस्या भएको थियो । बाढी–पहिरोका कारण अहिले देशका विभिन्न राजमार्गमा अवरोध आएको छ । केही राजमार्ग पूर्णरूपमा बन्द छन् भने केही एकतर्फी खुलेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै