• २०८१ बैशाख २२ शनिबार

स्ट्रेचरमा बोकेर सेनाद्वारा गर्भवतीको उद्धार

kharibot

रसुवा । चौँरीगोठमा सुत्केरी बेथा लागेकी एक जनालाई नेपाली सेनाले आज उद्धार गरेको छ ।

गोसाइँकुण्ड धार्मिक मार्गअन्तर्गत चोलाङ्पाटीस्थित गोठबाट गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ ठूलोस्याफ्रु निवासी ३२ वर्षीया बिबिरानी तामाङलाई लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना विष्णु दल गणले स्ट्रेचरमा बोकेर उद्धार गरी रसुवा अस्पताल धुञ्चे पुर्याएको हो । 

छट्पटीमा परेकी दिदीलाई अस्पताल लाने जनशक्ति  नभएपछि उनका भाइ रेञ्जेनले चन्दनबारीस्थित नेपाली सेनाको पोष्टसँग सहयोग मागेका थिए । जङ्गलमा छट्पटीको सूचना पाउँदा करीब १० सैनिक परिचालन गरी तत्काल अस्पताल पुर्याइएको  सेनाले जनाएको छ । 
       
सैनिकले अस्पताल पु¥याएको केही समय उपचारपछि बालिकाको जन्म भएको र आमा तथा शिशुको स्वास्थ्यावस्थामा सुधार भएको जिल्ला अस्पतालका सिनियर अनमी हिमालय भटृले जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै