• २०८१ बैशाख १४ शुक्रबार

वीरगञ्जमा मेसिनबाट धान रोप्ने कार्यक्रम सम्पन्न

kharibot

फाइल तस्वीर

वीरगञ्ज । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना एकाइ कार्यालय वीरगञ्जले चक्लाबन्दी पकेट ब्लक जोन अन्तर्गत पश्चिमी पर्साको झुलिटारमा मेसिनद्वारा धान रोप्ने कार्यक्रम सम्पन्न भएको छ ।

पर्सागढी नगरपालिका वडा नं ३ झुलिटार गाउँमा मेसिनबाट धान कसरी रोप्ने बारेमा सो प्रदर्शनी गरिएको थियो । स्थानीय सुनखरी कृषि सहकारी संस्थाको आयोजना, परियोजना एकाइ कार्यालय वीरगञ्जको सहयोग र कृषि औजार कारखानाको प्राविधिक सहयोगमा मेसिनबाट कसरी धान रोप्नेबारे प्रदर्शनी गरिएको हो ।

राईस ट्रान्स प्लान्टर भन्ने मेसिनबाट करीब १० कठ्ठा क्षेत्रफलमा धान रापिएको थियो । यस प्रविधिबाट बढी काम, समयको बचत र  उत्पादनमा वृद्धि हुने परियोजना प्रमुख रोशन अधिकारीले बताए ।

पर्साको ग्रामीण क्षेत्रका किसानले परम्परागत रुपमा धानखेती गर्दा बढी समय र लागत बढी लाग्ने तथा उत्पादन कम हुने भएकोले यस वर्षदेखि किसानलाई मेसिनबाट धान रोप्ने कार्यलाई निरन्तरता दिने योजना रहेको बताइएको छ ।

परम्परागत रुपमा खेती गर्नुभन्दा मेसिनले धान रोप्दा समय, श्रमिक र आर्थिक बचतसमेत हुने भएको बताउँदै कृषि औजार कारखानाका प्राविधिक अधिकृत द्वारिका चौधरीले– मेसिनबाट धान रोप्दा एक जना अपरेटर र एक  सहयोगीले मात्र मेसिन चलाउने र कम खर्चमा बढी उत्पादन लिन सकिने भएकोले सबै किसानलाई मेसिनबाट धान रोप्न आग्रह गरे ।

मेसिनबाट धान रोप्दा २५ सेन्टिमिटरको दूरीमा लाइन लगाएर धान रोपिने र एक घण्टामा आधा लिटर डिजल मात्र खर्च हुने भएकोले ६० प्रतिशत समयको बचत हुने देखिन्छ । करीब ८ लाख मूल्य पर्ने सो मेसिनको प्रयोगले धान रोप्दा कम लागतमा बढी उत्पादन लिन सकिने कृषि इञ्निीजयर छिरिङ्ग शेर्पाको भनाइ छ ।
  
सुनखरी कृषि सहकारी संस्था झुलिटारका अध्यक्ष सरस्वती भट्टराईको अध्यक्षतामा भएको सो मेसिनले धान रोप्ने प्रविधिको प्रदर्शनीमा त्यस क्षेत्रका किसानले आफू पनि धान रोप्दा उक्त मेसिन प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यस आवमा सञ्चालित बाली चक्लाबन्दी कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाई कार्यालय पर्साले सो कार्याक्रम लागू गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै