• २०८१ बैशाख १८ मंगलबार

रजनीकान्त अब राजनीतिमा नआउने, राजनीतिक दल भंग

kharibot

काठमाडौँ । भारतीय अभिनेता रजनीकान्तले आफ्नो राजनीतिक पार्टी भंग गरेका छन् । सोमबार सुपरस्टार रजनीकान्तले आफु अब राजनीति नगर्ने बताउदै आफ्नो राजनीतिक पार्टी रजनी मकक्ल मंद्रम पार्टी भंग गरेको घोषणा गरेका हुन् ।

उनले पार्टीका पदाधिकारीहरुलाई भविष्यमा आफ्नो राजनीतिमा फर्किने कुनै योजना नरहेको बताएका छन् । साथै रजनीकान्तले राजनीति छोडेपछि जनसेवा भने जारी राख्ने बताएका छन् । उनले रजनी फ्यान क्लब एसोसियसनमार्फत जनसेवा गर्ने बताएका छन् ।

रजनीकान्तले गत डिसेम्बरमा नै राजनीतिमा नआउने घोषणा गरेका थिए । उनले आफ्ना समर्थकलाई एक पत्र लेख्दै चुनावमा भाग नलिएरनै जनसेवा गर्ने घोषणा गरेका थिए ।

भारतीय मिडियाले रजनीकान्तले यस्तो निर्णय गर्नुको पछाडी उनको खराब स्वास्थ्य भएको उल्लेख गरेका छन् ।

७० बर्षिय अभिनेता रजनीकान्तले २०१७ को डिसेम्बर ३१ मा राजनीतिमा आउने घोषणा गरेका थिए ।

तर गत डिसेम्बरमा रजनीकान्तको स्वास्थ्य बिग्रेपछि अस्पताल भर्ना हुनुपरेको थियो । केहि समय अघि मात्र रजनीकान्तले अमेरिका पुगेर आफ्नो उपचार गराएर फर्किएका थिए भने उनलाई डाक्टरले फिल्ममा स्टन्ट सिन नगर्न सल्लाह दिएको बताइएको छ । 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय