• २०८१ बैशाख २० बिहीबार

रूपन्देहीमा १ लाख ६९ हजार नगदसहित ११ जना जुवाडे पक्राउ

kharibot

बुटवल । रूपन्देहीमा करिब १ लाख ६९ हजार नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका वडा नं. ३ बस्ने ३६ वर्षीय मोहमद अन्सारी, सोही स्थान बस्ने १८ वर्षीय धर्मेन्द्र भन्ने कमलेश कुमार यादव, २० वर्षीय विशाल यादव, २६ वर्षीय मोहमद सरिफ जोलहा , २७ वर्षीय शुरज यादव, २० वर्षीय निरज कुमार यादव , २४ वर्षीय सञ्जय जैसवाल रहेका छन ।

त्यस्तै मायादेवी गाउँपालिका वडा नं. ५ का २६ वर्षीय भगवानदास कुर्मी, २६ वर्षीय सोनु मल्लाह, वडा नं. ६ का १८ वर्षीय समिर धुनीयाँ, २९ वर्षीय घनश्याम यादव रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मातहत रहेको इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान १० बजे कोटहीमाई गाउँपालिका- ३ स्थित मर्यादपुरबाट पक्राउ गरिएको थापाले बताए ।

उनीहरूको साथबाट नगद १ लाख ६८ हजार ९०५ रुपैयाँ, बिभिन्न कम्पनीका मोबाइल १० वटा,  ३१५ वटा तासका पत्ती र जुवा खेल्न प्रयोग गरेको प्लाष्टिकको एक वटा बरामद गरिएको थापाले बताए।  पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट जुवा मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भैरहेको कार्यालयले बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै