• २०८१ बैशाख २१ शुक्रबार

काँग्रेसबाट बालकृष्ण खाँड गृहमन्त्री बन्दै

kharibot

काठमाडौँ । नेपाली काँग्रेसबाट बालकृष्ण खाँड मन्त्री बन्ने भएका छन् । काँग्रेसबाट धेरै जना मन्त्रीका आकांक्षी भएपछि सभापति शेरबहादुर देउवाले खाँडलाई शपथ खुवाउने तयारी गरेका हुन् ।

खाण गृहमन्त्री बन्ने भएको बताइएको छ । खाँड काँग्रेस संसदीय दलका प्रमुख सचेतक पनि हुन् ।  

काँग्रेसबाट ज्ञानेन्द्र बहादुर कार्की, डा. मिनेन्द्र रिजाल, डा. डिला संग्रौला, संजय गौतम, गगन थापालगायतको मन्त्री बने चर्चा चलिरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आजै प्रधानमन्त्रीमा नियुक्त भएका काँग्रेस सभापति देउवाले आजै शपथ लिदै छन् ।

त्यस्तै माओवादी केन्द्रले भने जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउने निर्णय गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै