• २०८१ बैशाख २६ बुधबार

खप्तड गोल्ड कपको उपाधि नेपाल आर्मीले जित्यो 

kharibot

काठमाडौँ । मोफसलको सर्वाधिक पुरस्कार राशीको सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको छ।

धनगढी रंगशालामा भएको फाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ टिमलाई ट्राइब्रेकरमा ५-४ ले हराउँदै उपाधि जितेको हो। आर्मीको जितमा विवेक बस्नेत, दीपक गुरूङ, दीप लामा, जर्ज प्रिन्स र नवयुग श्रेष्ठले गोल गरेका थिए ।

एपिएफका लागि सुदीपको प्रहार बाहिरिएको थियो। रञ्जन विष्ट, पासाङ लामा, युवराज खड्काले गोल गरेपनि एपिएफलाई उपाधि दिलाउन सकेनन्।

निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।

यसअघि डिफेन्डिङ च्याम्पियन मनाङलाई ३-१ गोल अन्तरले हराउँदै आर्मी फाइनलमा आएको थियो उता आयोजक सुदूरपश्चिम ११ लाई नेपाल एपिएफ क्लबले २–० हराएसँगै विभागिय टोलीको फाइनलमा पुगेको थियो ।

नेपाल आर्मीको विजेता टिमले १,१११,१११ तथा दोस्रो हुने एपीएफ टोलीले ५५५,५५५ रुपैया प्राप्त गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै