• २०८१ बैशाख २१ शुक्रबार

फाष्ट ट्रयाकको डीपीआर नेपाली सेना आफैंले बनाउने

kharibot

काठमाडौँ । काठमाडौं-निजगढ द्रुतमार्ग (फाष्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नेपाली सेना आफैंले बनाउने भएको छ ।

नेपाली सेनाले आज पत्रकार सम्मेलन गर्दै भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको डीपीआर प्रयोग नगरी आफैं बनाउने निर्णय गरेको जानकारी गराएको छ ।

‘डिटेल इन्जिनियरिङ गर्न आहृवान गरिएको कन्सलट्यान्टबाट आवश्यक थप अध्ययन गराई नेपाली सेनाबाटै आयोजनाको डीपीआर तयार गरिनेछ’ पत्रकार सम्मेलनमा आयोजना उपनिर्देशक सूर्यप्रसाद खनालले जानकारी दिए ।

नेपाली सेनाले अहिले काठमाडौंलाई तराईसँग जोड्ने दूतमार्ग निर्माणमा गति दिएको छ । अहिलेसम्म फिल्डमा ३३१ सैनिक परिचालन गरेको छ भने जंगल फडानी गर्न २०६ जना सैनिक खटाएको सेनाले जनाएको छ । फास्ट ट्रयाकमा पर्ने पाइलट ट्रयाकको पहिरो पन्छाउने काम सकेको मंगलबारको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।  यस्तै बाटो निर्माणका लागि नेपाली सेनाद्वारा खरिद गरिएका हेभी इक्युप्मेन्ट, सवारी साधन र अन्य उपकरणहरु फिल्डमा पुर्‍याइएको उसले जानकारी दिएको छ ।

त्यस्तै ललितपुरमा भने मुआब्जा वितरण गर्न १२५३ कित्ता जग्गाको पूर्जा प्राप्त हुनुपर्नेमा ६६५ कित्ताको मात्रै पूर्जा प्राप्त भएको छ । मुआब्जाका लागि यस जिल्लाबाट ४९६ कित्ता जग्गाको पूर्जा प्राप्त हुन बाँकी नेपाली सेनाले जानकारी दिएको छ ।

सरकारले गत वैशाख २१ गते द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै