• २०८१ बैशाख २३ आइतबार

ओली पक्षीय सांसद राना र वरिष्ठ नेता नेपालबीच भनाभन, नेपालले भने- प्रतिगमनको मतियार बन्नेले राजीनामा दिनुस्

kharibot

काठमाडौं । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितीमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आक्रोशित बनेका छन् । 

एमालेका वरिष्ठ नेता नेपाल र अध्यक्ष केपी शर्मा ओली नजिकका सांसद नारदमुनी रानाबीच भनाभन भएपछि नेता नेपाल आक्रोशित बनेका हुन् ।

नेता नेपालले आफ्ना धारणा राखिसकेपछि रानाले नेपालमाथि व्यंग्य गरेपछि नेपाल आक्रोशित बनेकाथिए ।

त्यसपछि नेता नेपाल आक्रोशित बन्दै रानालाई प्रतिगमनको मतियार बनेको भन्दै राजीनामा दिएर निस्किन भनेका थिए 

नेता नेपालले भने- 'प्रतिगमनको मतियार बन्ने ? राजीनामा दिनुस् निस्कनुस् ।'

नेपालप्रति सांसद रानाले व्यङ्ग्य गरेपछि सांसद दीपकप्रकाश भट्टले प्रतिगमनको मतियार नबन्न आग्रह गरेका थिए ।

एकछिन होहोल्ला भएपछि पार्टिको कुरा संसदीय समितिमा ल्याएको भन्दै अन्य सांसद रानामाथि आक्रोशित बनेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय