• २०८१ जेठ २ बुधबार

प्रधानमन्त्री देउवाद्वारा निर्मला हत्याका दोषीलाई छिटो पत्ता लगाएर कारबाही गर्न गृहमन्त्री र प्रहरी प्रमुखलाई निर्देशन

kharibot

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्या भएको तीन वर्ष पुग्दा पनि अझी दोषी पत्ता नलागेकोमा आइतबार गृहमन्त्री र प्रहरी प्रमुखलाई छिटो दोषी पत्ता लगाएर कारवाही गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महनिरिक्षक शैलेश थापा क्षेत्रीलाई निर्मला पन्तको हत्या बारे अहिलेसम्म भएका अनुसन्धान बारे जानकारी दिएको र चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।

२०७५ साउन १० गते भीमदत्त नगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।

साथीको घरबाट स्कुलको गृहकार्य गरी घर फर्किने क्रममा सम्पर्कबिहीन भएकी निर्मलाको बलात्कारपछि हत्या गरिएका अवस्थामा शव उखुबारीमा भेटिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै