• २०८१ बैशाख १६ आइतबार

धुर्मुस-सुन्तलीको फिल्म ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्बजनिक (भिडियोसहित)

kharibot

काठमाडौँ । सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को फिल्म ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा धुर्मुस र सुन्तलीको बैबाहिक जीवनमा आउने उचाव-चढावलाई प्रस्तुत गरिएको छ । फिल्ममा सिताराम र कुञ्जना ‘मेरी बाँस्सै’ टेलिसिरियलमा निर्वाह गरेको धुर्मुस-सुन्तलीकै भूमिका र गेटअपमा देखिएका छन् । 

धुर्मुस सुन्तलीले नै निर्माण गरेको यो फिल्म तराईका विभिन्‍न स्थानमा खिचिएको छ । फिल्मको लेखन र निर्देशन धुर्मुस-सुन्तलीले संयुक्त रुपमा गरेका हुन् ।

फिल्ममा धुर्मुस र सुन्तलीसँगै बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बलदिप राई लगायतका कलाकारको अभिनय रहेको छ ।

यो फिल्म ओटीटी प्लेटफर्म ‘ओ हो मुभी’ मा रिलिज हुनेछ । फिल्मको रिलिज हुने मिति भने घोषणा गरिएको छैन ।

फिल्मको ट्रेलर: 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै