काठमाडौँ । पूर्वमाओवादी चार नेताले आफ्नो सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको मुद्दाको पेशी आज पुन: तोकिएको छ ।
यस आघ इदुई पटक पेशी तोकेर नहेरिएको यस रिटमा आज न्यायाधिश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पेशी तोकिएको सर्वोच्च अदालतले जानकारी इद्येको छ ।
यस अघि बिहीबार र शुक्रबार पेशी तोकिएको भएपनि सुनुवाई भएको थिएन ।
हाल एमालेको स्थायी कमिटीमा रहेका लेखराज भट्ट र टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य प्रभु साह र गौरीशंकर चौधरीले माओवादी दलमा रहँदा निर्वाचित भएको सांसद पद पुनर्बहाली माग गर्दै सर्वोच्च बुधबार रिट दायर गरेका थिए ।
रिट निवेदनमा उनीहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संघीय संसद् सचिवालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।
उनीहरुले सांसद पदबाट मुक्त गराउने निर्णय बदरको माग गर्दै उनीहरूले रिट दायर गरेका थिए ।
माओवादी संसदीय दलका नेता दाहालले २०७७ चैत २४ गते संघीय संसद्का महासचिवलाई पत्र लेखेर चार सांसदलाई पार्टीले कारबाही गरेको र दल त्याग गरेको जानकारी दिएका थिए । त्यसको दुई दिनपछि सभामुखले उनीहरूको पद रिक्त भएको जानकारी गराएका थिए ।