• २०८१ बैशाख १६ आइतबार

पूर्वमाओवादी चार नेताले सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको मुद्दा 'हेर्न नभ्याइने' मा

kharibot

काठमाडौँ । पूर्वमाओवादी चार नेताले आफ्नो सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको मुद्दा हेर्न नभ्याइने भएको छ ।

रिट निवेदन विहिबार सुनुवाइका लागि न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको थियो । तर ती रिट निवेदनमाथि सुनुवाइका लागि हेर्न नभ्याइने सर्वोच्च अदालतले जानकारी दिएको छ ।

एमाले स्थायी कमिटीमा रहेका लेखराज भट्ट र टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य प्रभु साह र गौरीशंकर चौधरीले माओवादी दलमा रहँदा निर्वाचित भएको सांसद पद पुनर्बहाली माग गर्दै सर्वोच्च बुधबार रिट दायर गरेका थिए ।

रिट निवेदनमा उनीहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संघीय संसद् सचिवालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।

उनीहरुले सांसद पदबाट मुक्त गराउने निर्णय बदरको माग गर्दै उनीहरूले रिट दायर गरेका थिए ।

माओवादी संसदीय दलका नेता दाहालले २०७७ चैत २४ गते संघीय संसद्का महासचिवलाई पत्र लेखेर चार सांसदलाई पार्टीले कारबाही गरेको र दल त्याग गरेको जानकारी दिएका थिए । त्यसको दुई दिनपछि सभामुखले उनीहरूको पद रिक्त भएको जानकारी गराएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै