• २०८१ बैशाख १६ आइतबार

सांसदमा पुनर्बहालीको माग गर्दै पूर्वमाओवादी चार नेताद्वारा सर्वोच्चमा रिट

kharibot

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि सांसद पद गुमाएका चार पूर्वमन्त्रीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शा र गौरीशंकर चौधरीले आफुहरुले दल त्याग नगरेको दाबी गर्दै निर्वाचन आयोगले दिएको विवरणमा आफुहरु माओवादी केन्द्रको सदस्य उल्लेख गरेर पुनर्बहालीको माग गर्दै रिट दायर गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पठाएको पत्रको आधारमा गत चैत्र २६ गते चारै जनाको संसद पद गुमेको थियो ।

रिटमा उनीहरुले निर्वाचन आयोगको रेकर्डमा आफुहरु एमालेको केन्द्रीय सदस्य नरहेको समेत उल्लेख गरेका छन् । साथै रिटमा माओवादी केन्द्रका अध्यक्षले पार्टीको विधान अनुसार आफूसँग नभएको अधिकार प्रयोग गरेर हटाएको समेत दाबि गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै