• २०८१ बैशाख २७ बिहीबार

र्यापर हनी सिंहमाथि पत्नी शालिनीद्वारा घरेलु हिंसाको आरोप, मुद्धा दायर

kharibot

काठमाडौँ । बलिवुडका चर्चित गायक तथा र्यापर हनी सिंहलाई घरेलु हिंसाको आरोप लागेको छ ।

हनी सिंहकी पत्नी शालिनी तलवारले आफूमाथि घरेलु हिंसा भएको भन्दै दिल्लीस्थित तीस हजारी अदालतमा मुद्धा दायर गरेकी छन् ।

शालिनीले घरेलु हिंसा र महिलाको सुरक्षा अधिनियम अन्तर्गत मुद्धा दायर गरेपछि यो विषय बाहिर आएको हो ।

शालिनीको मुद्धा पछि अदालतले हनी सिंहलाई २८ अगस्तसम्मको समय दिएर जवाफ दिन भनेको छ । साथै अदालतले हनी सिंहको सम्पत्ति पनि रोक्का गरेको छ ।

हनी सिंह र शालिनीले २०११ मा दिल्लीमा विवाह गरेका थिए । उनीहरु बच्चा देखि कै साथी हुन् । लामो समयको प्रेमपछि विवाह गरेका हनी सिंहले २०१४ मा मात्र आफ्नी पत्नीलाई सार्बजनिक रुपमा चिनाएका थिए । हनी सिंहले बलिवुडमा आएर चर्चित हुनु अघि नै शालिनीसँग विवाह गरेका थिए ।

पछिल्लो समय केहि बर्ष डिप्रेशनको शिकार भएका हनी सिंह अहिले ठिक भएर बलिवुडमा कम ब्याक गरिसकेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै