सक्कल मतगणना मुचुल्का इजलासमा बुझाउन आदेश

खरीबोट

फाइल फोटो ।

ad

काठमाडौँ । सर्वोच्च अदालतले संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्काको सक्कल मतगणना मुचुल्का झिकाउने आदेश दिएको छ । 

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जवरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले आज खड्काको निर्वाचनको सक्कल मुचुल्का झिकाउन निर्वाचन आयोगका नाममा आदेश दिएको हो । 

मतगणनामा घोटाला भएको भन्दै खड्काले पुनः मतगणनाको आदेशको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सो मुद्दाको गत पुस ७ गते भएको सुनुवाइमा संवैधानिक इजलासले निर्वाचन आयोगलाई मतगणनाको मुचुल्का झिकाउन भनेको थियो । 

आज आयोगलाई आफूले प्राप्त गरेको सक्कल मुचुल्का संवैधानिक इजलासमा पेश गर्न आदेश दिएको हो ।

सम्बन्धित समाचार

बिदामा पनि नवलपुर जिल्ला अदालतको सेवा जारी

नवलपुर । नवलपुर जिल्ला अदालतले दशैँ बिदाको समयमा पनि सेवा प्रवाह जारी राख्ने जनाएको छ । जनतालाई बिदाको बेला बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइका लागि एक न्यायाधीशसहित श्रेस्तेदार र आवश्यक अन्य कर्मचारीको व्यवस्था

यातायात व्यवस्था कार्यालयका १० जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती अञ्चलको यातायात व्यवस्था कार्यालयका १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  लिखित अनुत्तीर्ण एवं प्रयोगात्मक परीक्षामा सामेल नभएका २०८ जनालाई कार, जीप र

अदालतबाट न्याय पाईन्छ भन्ने विश्वास टुट्दै जानु परिवर्तनमाथि नै खतरा-कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानबाट निकास र अदालतबाट न्याय पाईन्छ भन्ने विश्वास भएन भने जस्तोसुकै  परिवर्तन पनि स्थायी र दिगो नहुने बताएका छन् ।  पार्टी निकट कानुन

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा क्याभानो नियुक्त

अमेरिका । विरोधका बीच अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त भएका छन् । अमेरिकी संसदमा भएको मतदानमा क्याभानोको नियुक्तिको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो । न्यायाधीश क्याभानोको


z