• २०८१ बैशाख १८ मंगलबार

इमरान खान दम्पतिको १० बर्षको जेल सजाय उच्च अदालतद्वारा स्थगित

kharibot

काठमाडौँ। इस्लामावाद उच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई तोशा खाना मुद्दामा सुनाइएको सजाय स्थगित गरेको छ ।

जनवरी २०२४ मा, इमरान खान र बुशरा बीबीले तोशा खाना मामिलामा इस्लामाबादको एकाउन्टेबिलिटी कोर्टले सुनाएको सजायलाई निलम्बन गर्न उच्च अदालतमा अपील गरेका थिए ।

इस्लामावाद हाईकोर्टको मुख्य न्यायाधीश आमिर फारुक र न्यायमूर्ति मियाँ गुल हसन औरंगजेबको दुई सदस्यीय डिभिजन बेन्चले सोही याचिकाको सुनुवाइ गर्दै सोमबार यस्तो निर्णय गरेको हो ।

अदालतले इमरान खान र उनकी श्रीमतीलाई १० वर्षको जेल सजाय र जरिवाना तोकेको थियो । उनलाई आगामी १० वर्षका लागि सार्वजनिक पदमा रहन पनि अयोग्य घोषित गरिएको थियो ।

अदालतबाट राहत पाए पनि इमरान खान अहिले जेलबाट बाहिर आउन सक्ने छैनन् किनभने उनीविरुद्ध अन्य धेरै मुद्दा पनि विचाराधीन छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै