• २०८१ बैशाख २३ आइतबार

नेपाल बंगलादेश बैंकको १०० औं शाखा कञ्चनपुरको कलकत्तामा

kharibot

काठमाडौ । नेपाल बंगलादेश बैंकले शाखा बिस्तारको क्रममा कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकामा १०० औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीको समुस्थितिमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको जानकारी गराएको छ । 

बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । कलकत्ता शाखा सहित बैंकले १०० शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको कुरा पनि जानकारी गराएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै