• २०८१ बैशाख २३ आइतबार

एमाले नेता नेपाल र गौतमबीच भेटवार्ता

kharibot

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएको  छ ।

मंगलबार दुई नेताबीच नयाँ बानेश्वरस्थित होटल अर्यालमा भेटवार्ता भएको हो । नेता नेपालले एमले विभाजन गर्ने निर्णय गरेमा नेता गौतमले नेपाललाई साथ दिनसक्ने अनुमान गरिएको छ ।

यस अघि अघिल्लो साता एमालेको स्थायी कमिटी बैठकमा नेता गौतम उपस्थित भएपनि अधय्क्ष केपी शर्मा ओलीसँग आरोप प्रत्यारोप भएपछि केन्द्रीय कमिटीको बैठकमा अनुपस्थित रहेका थिए । नेता गौतम आज बसेको एमालेको स्थायी कमिटी बैठकमा पनि अनुपस्थित रहेका थिए ।  

यसअघि नेपालले आजै सिंहदरबारमा साउन ३ मा प्रधानमन्त्री देउवालाई मत दिँदा तटस्थ बसेका एमाले सांसदहरूसँग छलफल गरेका थिए ।

सरकारले नेपाल पक्षलाई दल विभाजन गर्न सहज हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरिसकेको बेला नेता नेपाल सक्रिय भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै