• २०८१ बैशाख २१ शुक्रबार

कर नतिर्नेको घरमा पञ्चेबाजा लिएर पुग्यो महानगर !

kharibot

काठमाडौँ । काठमाडौँ महानगर कर नतिर्ने करदाताको घरमा पञ्चेबाजा लिएर पुगेको छ । बुधबार पञ्चेबाजासहितको टोली घरजग्गा र सम्पत्ति कर नबुझाउने ७ ठूला करदाताको ढोकामा पुगेर महानगरले सेवा रोक्का गर्ने सूचना टाँसेको हो ।

महानगरको राजस्व विभागले २४ गतेभित्र कर नतिरे त्यसपछि सेवा रोक्का गर्ने सूचना टाँस गरेको हो । यस अघि कर तिर्न आउन असार १६ गते पहिलो पटक २३ व्यक्ति-व्यवसायीको र साउन २४ गते दोस्रो पटक ५२ व्यक्ति-व्यवसायीको नाम सार्वजनिक गरेको थियो ।

राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीकाअनुसार नाम सार्वजनिक भएका ७५ मध्ये अहिलेसम्ममा १० जनाले आंशिक रुपमा तिरेका २ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी २० जनाले विवरणसहित कर बुझाउन आउने प्रतिवद्धता गरेका छन् । नाम सार्वजनिक भएका तर सम्पर्कमा नआउनेहरु सन्दर्भमा भदौ २४ देखि प्रचलित कानुनबमोजिमको कारवाही सुरु हुनेछ ।

आज सूचना टाँस भएका व्यवसायहरुमा वडा १ को कान्तिपुर होटल, वडा १३ को होटल प्लाटिनियम, वडा १७ को ह्वाइट फिल स्कूल, २२ का रञ्जना ट्रेड सेन्टर, केशा प्रपर्टीज प्रा. लि., आर. वी. कम्प्लेक्स र वडा ३१ को शिशु अर्याल रहेका छन् ।

राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा गएको टोलीमा नगर प्रहरी र महिला नौमती श्रमिक सहकारी समूहका सदस्यहरु सहभागी थिए ।

करदाताकोमा पुगेपछि नगर प्रहरीको टोलीले भदौ २४ गतेभित्र राजस्व विभागमा सम्पर्क गर्न आउने सूचना पढेर सुनाएको थियो । यसैगरी महिला सहकारीको टोलीले पञ्चेबाजामा गीतमार्फत कर तिर्न आउन अनुरोध गरेको थियो ।

जागरणका लागि गाइएको गीत यस्तो थियो ।

महिला बाजा नमान्नु भारी, कर तिर्दिए हुनेथ्यौँ आभारी !
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै