काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ओली निवास भक्तपुर बालकोटमा छलफल सुरु भएको छ ।
बैठकमा राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवारको भागबन्डाका विषयमा कार्यदलले तयार पारेको प्रतिवेदन, प्रदेश सरकारको गठन सम्बन्धी रिपोर्ट र आइतबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डा, पार्टी एकताको साझा दस्तावेजलगायतका विषयमा छलफल हुने बताइएको छ ।
ओली र प्रचण्डबीच सुक्रबार करिब तीन घन्टासम्म वान टु वान बार्ता भएको थियो ।