काठमाडौँ । स्पेनिस ला लिगामा दोस्रो र तेस्रो स्थानमा रहेका एथलेटिको म्याड्रिड बराबरी र भ्यालेन्सियाले हार बेहोरेको छ ।
गएराती भएको खेलमा एथलेटिको म्याड्रिड गिरोनासँग १-१ गोलको बराबरीमा रोकियो भने भ्यालेन्सिया लस पल्माससँग २-१ गोल अन्तरले पराजित भएको छ । दोस्रो र तेस्रो स्थानमा रहेका दुई टिमले तीन अंक जोड्न असफल भएपछियसको फाइदा सिधै बार्सिलोनालाई भएको छ ।
एक खेल कम खेलेको बार्सिलोना एथलेटिको भन्दा ८ अंकले अगाडी रहेको छ भने भ्यालेसियाभन्दा ११ अंकले अगाडी रहेको छ ।
गएराती भएको खेलमा एथलेटिकोले एन्टोनी ग्रीजम्यानको गोलमा खेलको ३४औ मिनेटमा सुरुवाती अग्रता लिएपनि गिरोनाले खेलको ७३औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेको थियो । ग्रीजम्यानले डिएगो कोस्टाको पासमा गोल गरेका थिए । एथलेटिकोले खेलको ७१औ मीने मा ग्रीजम्यानलाई सब्स्टिच्युट गर्नु उसका लागि महँगो साबित भएको थियो ।
त्यस्तै अर्को खेलमा भ्यालेन्सिया लास पल्माससँगको खेलमा खेलको ५औ मिनेटमा गोल गर्दै अग्रता लिएपनि २-१ ले पराजित भएको थियो । सान्ति मिनाको गोलबाट अग्रता लिएको भ्यालेन्सियाले खेलको २०औ मिनेट र ५३औ मिनेटमा गोल खाएको थियो । लस पल्मासका लागि २०औ मिनेटमा जोनाथन भिएरा र ५३औ मिनेटमा कल्लेरीले गोल गरेका थिए ।
ला लिगा अन्तर्गत बार्सिलोना आज राति रियल बेटिससँग खेल्दै छ भने लिगको पाचौ स्थानमा रहेको रियल म्याड्रिड आज राति दिभोर्टिभोसँग खेल्दै छ ।