• २०८१ बैशाख १६ आइतबार

बारा-पर्सामा गणेश चतुर्थी सुरु

kharibot

बारा । हिन्दु धर्मावलम्बीहरुले मनाउने गणेश चतुर्थीको शुभ अवसरमा बारा, पर्साको बिभिन्न स्थानमा धुमधामका साथ शुक्रवार देखि ५ दिन सम्मका लागि श्री गणेश भगवानको भव्य पूजाको आयोजना गरिएको छ ।

बाराको जीतपुर र बिरगंजको घरियर्वा पोखरीमा सो अवसरमा शुक्रवार बिहान शोभा यात्रा निकालेर भव्य रुपमा गणेश चतुर्थी पूजनको आयोजना गरिएको हो ।

बिगत एक दशक देखि आयोजना गरिए झैं यस वर्ष पनि श्री सिद्धिविनायक पूजा समिति जीतपुर, बाराको आयोजनामा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर स्थित गौशालाको फिल्डमा ५ दिन सम्मका लागि गणेश भगवानको पूजा अर्चना सुरु गरिएको छ ।

  पूजाको पहिलो दिन शुक्रवार बिहान पूजा समितिका अध्यक्ष श्रीराम साह कानुको अध्यक्षतामा पूजा स्थलबाट निकालिएको शोभा यात्रा घोडाको घोडा दौड र बाजागाजाका साथ उपमहानगरको जीतपुर स्थित मुख्य सड्क हुँदै पहाडिटोल , पाडाबाजार , केराढोका , टेंढारोड लगायतको बिभिन्न स्थानहरुको परिक्रमा गरि पुनः पूजा स्थलमा फर्किएको थियो ।
त्यस्तै शोभा यात्रामा बिभिन्न राजनितिज्ञ लगायत स्थानीय समाजसेवी , स्कुल स्तरका छात्र–छात्राहरु, बिभिन्न क्लबका पदाधीकारीहरु सहिँतका श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो ।

पाँच लाखको अनुमानित लागतका भईरहेको सो पूजाका आचार्य पवनेश शास्त्रीका साथमा अन्य आचार्यहरुद्वारा मंत्रको उच्चारण गर्दै पूजा गराई श्री गणेश भगवानको प्रति मूर्तिको स्थापना गरि पूजाको शुभारम्भ भएको हो ।

यता विश्व शान्तिको कामना गर्दै जीतपुरमा आयोजना गरिएको पूजाको मुख्य आकर्षणको रुपमा श्री गणेश भगवानलाई भोग चढाइँने दुई सय ६५ किलोको लड्डु अर्थात् महाभोग रहेको छ ।सो अवसरमा प्रत्येक दिन हुँने सांस्कृतिक कार्यक्रम बिभिन्न स्थानका कलाकारहरू द्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत् गरिने आयोजक समितिका अध्यक्ष श्रीराम साह कानुले बताए ।

यसैबिच श्री गणेश चतुर्थीको अवसरमा बिरगंजको घरियर्वामा पनि निकालिएको शोभा यात्राले बिरगंज नगर परिक्रममा गरी पूजा स्थलमा फर्किएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै