बलिउड । नायक अक्षय कुमारकी पत्नी ट्विंकल खन्नाले निर्माण गरेको फिल्म प्याडम्यानको रिलिज मिति नजिकिँदै जाँदा त्यसको प्रमोसनमा कलाकार जुटेका छन् । सोही क्रममा अभिनेत्री सोनम कपुरले एक विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेकी छिन् ।
यस फिल्ममा अमिताभ बच्चनको समेत विशेष भूमिका रहेको छ । यो फिल्म संयुक्त राष्ट्रसंघको न्युयोर्कस्थित मुख्यालयमा छायांकन भएको दोस्रो बलिउड फिल्म समेत हो प्याडम्यान ।
यो फिल्म खासगरी तमिलनाडुमा घर भएका सामाजिक अभियन्ता अरुणचल मुरुगानाथमको जीवनमा आधारित रहेधको छ । जसले कम मूल्यमा सेनेटरी प्याड बनाएर ग्रामीण भेगका महिलालाई महिनाबारीका बेला प्रयोग गर्न वितरण गरेका थिए । उनले स्कुलका विद्यार्थीलाई समेत उत्तिकै जागरुक गराएका थिए ।
यस फिल्ममा अक्षय कुमार, राधिका आप्टे, सोनम कपुरलगायतको मुख्य भूमिका रहेको छ । यो फिल्म जनवरी २५ मा रिलिज हुने बताइए पनि पद्मावतसँग जुध्ने भएपछि केही समय पछि धकेलिएको थियो ।
अब यो फिल्म फेब्रुअरी ९ मा लाग्नेछ । यस फिल्मको निर्देशन चर्चित निर्देशक आर बाल्कीले गरेका हुन् ।