• २०८१ बैशाख १९ बुधबार

तालिबानले जारी गर्यो नयाँ शिक्षा नीति, छात्र-छात्रालाई अलग अलग पढाइने

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । अफगानिस्तानमा तालिबानले सरकार बनाएपछि महिलाहरुलाई पुरुषसँग अध्ययन गर्न नदिने भएको छ । 

तालिबान सरकारले महिलाहरुका लागि नयाँ ड्रेस कोड बनाउने र विश्वविद्यालयमा छुट्टै पढ्ने व्यवस्था गर्ने बताएको हो ।

तालिबान सरकारका शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले महिलालाई अध्ययन गर्न दिने संकेत गरेका छन् । तर पुरुषसँग सँगै अध्धयन गर्न भने नदिने बताइएको छ ।

यस अघि अफगानिस्तानमा तालिबान सरकार हुदा १९९६ देखि २००१ सम्म स्कुल र विश्व विद्यालयहरुमा महिलालाई पढ्न प्रतिबन्ध लगाइएको थियो ।

तालिबानले महिलालाई बढ्न र काम गर्न दिने बताएको छ । तर अगस्त १५ मा तालिबानले अफगानिस्तान कब्जा गरेपछि स्वास्थ्य क्षेत्र बाहेकका क्षेत्रमा काम गर्ने सुरक्षा अवस्थामा सुधार नभएसम्म महिला काममा नजान भनेको थियो ।

अब नयाँ नियम अनुसार विश्वविधालयहरुले पुरुष र महिलाका लागि अलग अलग कक्षा र शिक्षक व्यवस्था गर्नु पर्ने भएको छ । साथै स्कुलका सबै तहमा पनि छात्र र छात्रालाई अलग अलग पढाइने भएको छ ।

साथै शिक्षामन्त्री हक्कानीले विश्वविधालयमा पढाइने विषयहरु पनि पुनर्विचार गरिने बताएका छन् । उनले तालिबानले इस्लामिक धर्म अनुसारको विषयवस्तु राख्न चाहेको बताएका छन् । उनले इस्लामिक देश, ऐतिहासिक मुल्य र मान्यता लगायतका विषयमा पढाइ हुनुपर्नेमा आफुहरुको जोड रहने बताएका छन् ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै