• २०८१ बैशाख २३ आइतबार

काँग्रेस अधिवेशन: काठमाडौँको गोकर्णेश्वरमा लामा, शङ्खरापुरमा श्रेष्ठ, कागेश्वरी–मनहरामा दाहाल

kharibot

काठमाडौँ । नेपाली कांग्रेस गोकर्णेश्वर नगर कार्यसमितिको सभापति पदमा कुमार लामा निर्वाचित भएका छन् ।

पार्टीको आसन्न १४औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनबाट उनले १०९ मत प्राप्त गरी विजयी भएका हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी रामजी श्रेष्ठले ९३ मत पाए । 

यसैगरी उपसभापतिद्वयमा वटुकृष्ण ढुङ्गेल १२०  र विकास श्रेष्ठ ११५ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

सचिवद्वयमा जयराम विष्ट र रमेश रिजाल निर्वाचित भएका छन् । सहसचिवद्वयमा अशोक नेपाल र गोकुलप्रसाद सिम्खडा निर्वाचित भएका छन् ।

कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था कांग्रेसका विधानमा रहेको पूर्वनगर सभापति श्रीकृष्ण ज्योतिले जानकारी दिए । यसैगरी नगर कार्यसमितिका अधिकांश सदस्य पनि लामा समूहबाटै निर्वाचित भएका छन् ।

शङ्खरापुरमा  श्रेष्ठ

यसैगरी शङ्खरापुर नगरपालिकाको सभापतिमा दिलीपकुमार श्रेष्ठले  ८६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी सत्यमान लामाले ६८ मत पाउनुभएको छ । उपसभापतिद्वयमा मिलन खड्का र अमित प्रधान निर्वाचित भएका छन् । 

सचिवद्वयमा रत्नबहादुर तामाङ र स्वयम्भुलाल श्रेष्ठ निर्वाचित भएका छन् । सहसचिवद्वयमा वसन्त थिङ र श्रीराम लामिछाने निर्वाचित भएका छन् । नगर अधिवेशनमा भएको लोकतान्त्रिक अभ्यासले पार्टीको आन्तरिक एकता सुदृढ गर्न सहयोग गर्ने विश्वास लिइएको छ ।

कागेश्वरी–मनहरामा दाहाल

काङ्ग्रेस कागेश्वरी–मनहरा नगरपालिकाको सभापतिमा उद्धव दाहाल विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनाअनुसार उनले १५१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी मीठाराम दाहालले १३८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै