काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा टोटनह्यामले न्युक्यासललाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
टोटनह्यामको जितमा टानगाय एनडोमबेले, ह्यारी केन र सन हेंग मीनले एक एक गोल गरेका थिए ।
त्यस्तै न्युक्यासलका लागि कलुम विल्सनले एक गोल गरेका थिए भने एक गोल टोटनह्यामका एरिक डायरले आत्मघाती गोल गरेका थिए ।
त्यस्तै यस खेलमा न्युक्यासलका जोन्जो शेल्भेले खेलको ८३औ मिनेटमा रातो कार्ड पाएका थिए ।
यो जितपछि टोटनह्यामको ८ खेलमा १५ अंक भएको छ भने लिगमा पाँचौ स्थानमा रहेको छ ।
त्यस्तै न्युक्यासलको भने ८ खेलमा केबल ३ अंक रहेको छ ।